आईसीसी यू-१९ विश्वकप क्रिकेट: नेपाल सुपर सिक्समा प्रवेश

आईसीसी यू-१९ विश्वकप क्रिकेट: नेपाल सुपर सिक्समा प्रवेश

काठमाडौं: नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो।

अफगानिस्तानले  दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गरेको हो।

नेपालको जितमा कप्तान देव खनालले ५८ रनको योगदान दिए। उनले विकेट किपर नुमन साहबाट क्याच आउट हुनुअघि ७ चौका प्रहार गर्दै ५८ रन जोडे।

नेपालका अर्का ब्याटर दीपक बोहराले २७ रन बनाए। ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गरेका थिए।

नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको थियो। नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्वपूर्ण पाँच विकेट लिए। यसैगरी दिपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १/१ विकेट लिएका थिए।

टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। 

११ ओभर सकिँदा अफगानिस्तानले ४३ रन बनाएको छ। यसअघिका २ खेलमा हार बेहोरेको नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न सफल भएको हो।

नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो।