प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र कर्णाली भिड्ने

प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र कर्णाली भिड्ने

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको खेल अहिले बिहान सवा ९ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । 

कर्णालीले टस जितेर पहिले ब्याटिङ रोजेको छ। जारी प्रतियोगितामा अपराजित पुलिस क्लब ५ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा छ । कर्णाली भने ६ खेलबाट ६ अंकसहित सातौँ स्थानमा छ। 

यसअघि बिहीबार भएका खेलमा बागमती प्रदेशले सुदूरपश्चिमलाई ९७ रन, मधेशले गण्डकीलाई १४५ रन र एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेका थिए ।