भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदै

भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदै

काठमाडौँ । भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदैछ । संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रूपमा मनाइने गरिन्छ। हरेक वर्ष २६ जनवरीका दिन यो दिवस मनाइन्छ।

सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूतावास भएका देशमा यो दिवस मनाउने गरिएको छ ।

यस वर्षको गणतन्त्र दिवसको नारा ''विकसित भारत र ''भारत - लोकतन्त्रको जननी'' रहेको छ।

७५औँ गणतन्त्र दिवसको अवसरमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन प्रमुख अतिथि हुन् । उनी बिहीबार मात्रै भारत पुगेका छन् ।