नरिवलको तेलमा फिटकिरी मिसाएर लगाउँदा हुने फाइदा

नरिवलको तेलमा फिटकिरी मिसाएर लगाउँदा हुने फाइदा

एजेन्सी । छाला र कपालका लागि नरिवलको तेल र फिटकिरी मिसाएर लगाउँदा एकदमै फाइदा हुन्छ । यी दुवैमा हुने पोषक तत्वहरुले छाला र कपालसँग जोडिएका समस्या कम गर्न सहयोग गर्छ । यसबाट पाइने फाइदाका बारेमा विस्तारमा जानौं–

फिटकिरीमा एन्टीबायोटिक, एन्टीब्याक्टेरियल तथा एन्टीफंगल गुण पाइन्छ । त्यस्तै नरिवलको तेलमा एन्टीअक्सीडेन्ट र एन्टीभाइरल गुणहरु हुन्छन् । नरिवलको तेल र फिटकिरीको मिश्रणले छालालाई कसिलो बनाउन सहयोग गर्छ । यसको प्रयोग गर्नाले चाउरीपनाको समस्या पनि कम हुन्छ ।

नरिवलको तेलले मोइस्चराइजरको पनि काम गर्छ । यसको प्रयोगले सुख्खापन पनि कम हुन्छ । साथमा फिटकिरीले दागधब्बाहरुबाट छुट्कारा दिन्छ जसले अनुहार चम्किलो हुन्छ ।

जाडोमा चायाँको समस्या एकदमै धेरै हुन्छ । यस्तोमा चाँयाबाट छुट्कारा पाउनका लागि पनि नरिवलको तेल र फिटकिरीको मिश्रणको प्रयोग गर्न सकिन्छ । यसमा हुने औषधीय गुणले चायाँ कम गर्छ ।

यदी तपाईंको कपाल एकदमै धेरै झरिरहेको छ भने पनि नरिवलको तेल र फिटकिरीको मिश्रण लगाउन सक्नुहुन्छ । नुहाउनुअघि यसले जरादेखि टुप्पासम्म मालिस गर्नुहोस् ।
 नरिवलको तेल र फिटकिरीले मरेका कोषिकाहरुबाट पनि छुट्कारा दिन्छ । यसले छालाको राम्रोसँग सफाई हुन्छ ।