पेटको ग्यास निकाल्न चाहनुहुन्छ भने योगासन गर्नुहोस् !

पेटको ग्यास निकाल्न चाहनुहुन्छ भने योगासन गर्नुहोस् !

एजेन्सी । चिल्लोपिरो तथा अस्वस्थ खाना धेरै खाँदा पेटमा ग्यासको समस्या हुन थाल्छ । यस्तोमा तपाईं ग्यासबाट आराम पाउन चाहनुहुन्छ भने केही योगासन गर्न सक्नुहुन्छ ।

पवनमुक्तासन

पेटको ग्यासबाट छुट्कारा पाउनका लागि पवनमुक्तासनको अभ्यास गर्नुहोस् । पवनमुक्तासन गर्नाले तपाईंको ढाडको दुखाई पनि ठिक हुन्छ ।

बालासन

पेटको ग्यास भगाउनका लागि बालासनको अभ्यास पनि राम्रो हुन्छ । बालासनले पाचन प्रक्रियालाई राम्रो बनाउन सहयोग गर्दछ ।

सेतुबन्ध सर्वागासन

सेतुबन्ध सर्वागासनले पनि पेटको ग्यास निकाल्न सहयोग गर्छ । यसको अभ्यासले कब्जियत र अपचको समस्या पनि निको पार्न सकिन्छ ।