धनगढी र गोदावरीमा विज्ञान शिक्षक समाज गठन

धनगढी र गोदावरीमा विज्ञान शिक्षक समाज गठन

धनगढी। विज्ञान शिक्षक समाज नेपाल (स्टान) को धनगढी र गोदावरीमा नगर समितिहरु गठन भएका छन् । 

आज धनगढीको त्रिनगर मा.वि.मा स्टान सुपका अध्यक्ष चन्द्रकला दवाडीको अध्यक्षतामा भएको धनगढीका विज्ञान शिक्षकहरुको भेलाले रण ब. चौधरीको अध्यक्षतामा धनगढी नगर समिति चयन गरेको छ । यसै गरि स्टानका सुप प्रदेश सचिव प्रकाश छेडालको अध्यक्षतामा गोदावरीको अत्तरियामा भएको विज्ञान शिक्षकहरुको भेलाले सुशील पनेरुको अध्यक्षतामा नगर समिति चयन गरेको हो । दुवै भेलामा स्टानका प्रदेश सदस्य नवराज ओझा लगायतका वरिष्ठ विज्ञान शिक्षकहरुको उपस्थिति रहेको थियो ।

स्टानले विज्ञान शिक्षकहरु र विद्यार्थीहरुको विषयगत दक्षता अभिवृद्धि गर्ने सन्दर्भमा काम गरिरहेको छ । समय समयमा विज्ञान विषयका तालिम संचालन, विज्ञान प्रदर्शनी आयोजना, विज्ञान विषयसँग सम्बन्धित बहस संचालन, शिक्षक र विद्यार्थीका लागि प्रशिक्षण सहयोग गर्दै गईरहेको छ ।