कैलालीमा लागु पदार्थको दुव्यर्सनी तथा कारोबारमा संलग्नको संख्या बढ्दै

कैलालीमा लागु पदार्थको दुव्यर्सनी तथा कारोबारमा संलग्नको संख्या बढ्दै

 कैलालीमा पछिल्लो समय लागु पदार्थको दुव्यर्सनी तथा कारोबारमा संलग्नहरुको संख्या बढ्दै गई रहेको छ । योसंगै कैलालीमा पछिल्लो समय लागु पदार्थको दुव्यर्सनी तथा कारोबारमा संलग्नहरु पक्राउ पर्नेक्रम बढि रहेको छ । प्रहरीले यसलाई आफ्नो सक्रियता बढेको बताइ रहेका बेला कतिपयले भने भारतसंगको खुला बोर्डरका कारण यो संख्या बढ्दै गई रहेको बताएका छन् । प्राय दैनिक जसो कैलालीमा लागु पदार्थको दुव्यर्सनी तथा कारोबारमा संलग्नहरु पक्राउ पर्नेक्रम जारी रहेको छ । 

जनचेतनाको कमी, युवा पुस्तामा लागु पदार्थको सहज पहुच, भारत संगको खुला सीमाना लगायतका कारण पछिल्लो समय लागु पदार्थको दुव्यर्सनी तथा कारोबारमा संलग्न हुनेहरुको संख्या बढ्दै गई रहेको जानकारहरुले बताएका छन् । यस्तो अवस्थामा लागु पदार्थको दुव्यर्सनी तथा कारोबारमा संलग्नहरुको संख्या न्युनीकरण गर्नुका साथै लागु पदार्थको कारोबारलाई नियन्त्रणका लागि खासगरी सुरक्षा निकायले विशेष पहल गर्नुपर्नेमा बुद्धिजीवीहरुले जोड दिएका छन् ।

तर यता जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय कैलालीका सुचना अधिकारी समेत रहनु भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले केबल प्रहरीको सक्रियता पर्याप्त नहुने बताउनु भएको छ । धनगढी खबरसंगको विशेष कुराकानीमा उहाले उक्त कुरा बताउनु भएको हो । प्रहरी एक्लैको प्रयासले मात्रै लागु पदार्थको दुव्यर्सनी तथा कारोबारमा संलग्नहरुको संख्या न्युनीकरण गर्नुका साथै लागु पदार्थको कारोबारलाई नियन्त्रण गर्न सहज नहुने उहाको भनाई रहेको छ । 

 धनगढी खबरसंगको कुराकानीमा उहाले प्रहरीले आफ्नो किसिमले लागु औषधको कारोबार नियन्त्रणका लागि कार्य गरी रहेको भए पनि त्यो मात्रै पर्याप्त नहुने हुदा सम्पुर्ण सरोकारवालाहरुले यसमा ध्यान दिनुपर्ने बताउनु भयो । सबैभन्दा पहिले अभिभावकहरुले आफ्ना सन्तानहरुको बानी व्यहोराबारे जानकारी राख्दै सन्तान कुलतमा नपरोस् भनेर सावधानी अपनाउनु पर्ने बताउनु भयो । साथै प्रहरी अनि समुदायको समन्वय अनि सहकार्यले मात्रै लागु पदार्थको दुव्यर्सनी तथा कारोबारमा संलग्नहरुको संख्या न्युनीकरण गर्नुका साथै लागु पदार्थको कारोबारलाई नियन्त्रण गर्न सकिने जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय कैलालीका सुचना अधिकारी समेत रहनु भएका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले धनगढी खबरलाई बताए ।

 यता, सरोकारवालाहरुले भने प्रहरीको सक्रियता अझै बढाउनु पर्ने तथा समुदायस्तरमा लागु पदार्धको दुव्र्यसन तथा यसको कारोबार नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बारे जनचेतना फैलाउनु पर्नेमा जोड दिएका छन् । साथै विद्यालय स्तरबाट नै यसबारे शिक्षा दिनुपर्नेमा समेत सरोकारवालाहरुको जोड रहेको छ ।