गाेदावरी मज्गाउँमा तीन दिने माघि महाेत्सव हुने

गाेदावरी मज्गाउँमा तीन दिने माघि महाेत्सव हुने

धनगढी । गाेदावरी नगरपालिका वडा नम्बर ८ मज्गाउँमा तीन दिने माघि महाेत्सव हुने भएकाे छ ।

थारू कल्याणकारिणी सभाकाे आयाेजनामा माघ १२, १३ र १४ गते महाेत्सव सञ्चालन हुने भएकाे हाे ।

संस्कृति संरक्षण, स्थानिय पर्यटन र आधुनिक कृर्षि पर्यटनका लागि एकजुट हाै भन्ने मुल नाराका साथ तीन दिने महाेत्सव सञ्चालन गरिन लागेकाे सभाका नगर अध्यक्ष जनकलाल चाैधरीले बताए ।

महाेत्सवकाे प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चाैधरीले समुद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

महाेत्सवमा स्थानीय भााँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

महाेत्सवमा थारु खानपानको व्यवस्था, थारु कला सस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु समाज सेवा तथा प्रतिभावन व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयाेजकले जनाएकाे छ ।

महाेत्सवमा थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायत १५ बढी स्टल रहने छ । महाेत्सवमा २६ गाउँका थारू नाच प्रस्तुत हुने छ ।

पाँच लाख अनुमानित लगानीमा हुन लागेकाे महाेत्सवमा हजाराैले अवलाेकन गर्ने अनुमान गरिएकाे छ ।

लाेप भइरहेकाे कृर्षिलाई संरक्षण गर्न महाेत्सव गरिन लागेकाे अध्यक्ष जनकलालले बताए ।

महाेत्सवलाई सफल बनाउन अध्यक्ष जनकलालको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको छ ।