बझाङमा जिपको ठक्करबाट घाइते महिलाको मृत्यु

बझाङमा जिपको ठक्करबाट घाइते महिलाको मृत्यु

बझाङ । बझाङमा जिपको ठक्करबाट घाइते महिलाको मृत्यु भएको छ।

केदारस्युँ गाउँपालिका –४ बागथलाकि ६४ बर्षिया महेश्वरी देवी मल्लको मृत्यु भएको प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार बुधवार बिहान बागथला तल्ला बजारमा घर अगाडिको धारामा पानी लिन जाने बेलामा बागथला बाट चैनपुर तर्फ गरिरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको थियो।

जिपले ठक्कर दिदा मल्लको टाउको र छातिमा चोट लागेको थियो।

घाईते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचार पश्चात थप उपचारको लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए।

घटनापछि जिप चालक वित्थडचिर गाउँपालिका ६ का २४ बर्षका विशाल सिंह स्याडालाई नियन्त्रणमा लिएको डिएसपी शाहले जानकारी दिए।