धनगढी नगर प्रमुख गाेपाल हमालकाे घरमा कालाे ब्यानर

धनगढी नगर प्रमुख गाेपाल हमालकाे घरमा कालाे ब्यानर

धनगढी । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका नगर प्रमुख गाेपाल हमालकाे घरमा कालाे ब्यानर टाँस गरेकाे छ ।

उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि घरमा कालाे ब्यानर टाँस गरेकाे हाे ।
मागपत्रसहित उल्लेख ब्यानर टाँस गरेपछि प्रहरीले साे ब्यानर च्यातेकाे छ ।

‘धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरु सम्वन्धमा कुनै सुनुवाई नभएकोले समस्याहरुको समाधानका लागि केही भएनन्’ पार्टीका बाजुरा इन्चार्ज केशब उपाध्यायले भने ।
घाेषित दबाब कार्यक्रम अन्तरगत नगर प्रमुख हमालकाे घर र उपमहानगरपालिकामा ब्यानर टाँस गरिएकाे उनले बताए ।
उनका अनुसार पहिलो चरणमा माघ १० गते वडा कार्यालयहरुमा, माघ १२ गते कार्यपालिका शाखाहरुमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरुमा माग पत्र बुझाउने कार्यक्रम रहेको छ । 

१५ गतेसम्म सरकारी शैक्षिक संस्था (१ देखि १२ सम्म) हरुले शुल्क फिर्ता गराउने र नीजि स्वास्थ्य संस्थाहरुले राज्यले तोकेको सेवा शुल्क भन्दा बढी शुल्क हटाउनु पर्ने छ ।
माघ १२ गतेसम्म सम्पूर्ण सार्वजनिक कार्यालयहरुका शौचालय सफा र व्यवस्थीत गर्नु पर्ने पार्टीको माग रहेकोछ ।

माघ १५ गते सम्म वडा नं. ११ मा रहेको बहिरा विद्यालयमा तत्काल उचित गाँस, बास र कपासका लागि २० लाख उप महानगरले व्यवस्था गर्नुपर्ने, माघ १५ गतेसम्म छाडा पशु चौपायाहरुको उचित व्यवस्थापन गर्नुपर्ने, सरकारी विद्यालय, स्वास्थ्य संस्थामा कार्यरत शिक्षक र डाक्टरहरुले नीजि ट्युसन पढाउने र नीजि क्लनिकमा व्यवसाय कार्य वन्द गर्नुपर्ने, विदेशबाट आयातीत तरकारी, फलफुल र माछा जाँच गरी आयातलाई व्यवस्थित गरिनुपर्ने आन्दोलनको कार्यक्रममा रहेको छ ।

अन्तरक्रिया कार्यक्रमहरु माघ १५ देखि २० गतेसम्म सम्पन्न गर्ने र घर धनिहरुले घरबाहलहरुसँग चर्को रुपैयाँ प्रति युनिट विद्युत महशुल र बहाल करपनि सम्बन्धी घरवाहलवालाबाट नै लिने गरेकाले तत्काल बन्द गराउनुपर्ने सो कार्यक्रममा रहेको छ ।