धेरै सुत्दा पनि हुन सक्छ स्वास्थ्य समस्या

धेरै सुत्दा पनि हुन सक्छ स्वास्थ्य समस्या

एजेन्सी । शरीरलाई स्वस्थ राख्न राम्रो खानपानसँगै प्रर्याप्त मात्रामा निद्राको आवश्यकता पर्दछ । तर, कतिपय मानिस आवश्यकता भन्दा धेरै सुत्छन् ।

आज हामी धेरै सुत्दा हुने नोक्सानीबारे बताउनेछौं।

आवश्यकता भन्दा धेरै सुत्दा व्यक्तिको सुगरको लेभल बढ्न सक्छ । तपाईं दिनमा ९ घण्टा भन्दा धेरै सुत्नुहुन्छ भने यसले मधुमेह हुन सक्छ ।

आवश्यकता भन्दा धेरै सुत्नु भनेको मुटुसम्बन्धी रोगलाई निम्ता दिनु पनि हो । त्यसैले सही समयसम्म मात्र सुत्नुहोस् ।

कतिपयलाई काम नभएको अवस्थामा सुत्न मात्र मन लाग्छ । त्यसले विस्तारै मानिसमा डिप्रेशनको समस्या पनि आउन सक्छ ।

आवश्यकता भन्दा धेरै सुत्दा शारीरिक कसरतमा कमी आउँछ । जसले गर्दा तपाईं मोटोपनको शिकार पनि हुन सक्नुहुन्छ । यसले अन्य रोग पनि ल्याउँछ ।

लामो समय सुतिरहने व्यक्तिलाई उठ्ने बेला शरीर तथा टाउको दुख्ने समस्या पनि हुन्छ ।

१७ वर्षसम्मका व्यक्ति दैनिक ८ देखि १० घण्टा सुत्नुलाई सामान्य मानिन्छ । युवाले एक दिनमा ७ देखि ९ घण्टा मात्र सुत्नुपर्दछ ।

त्यस्तै ६५ वर्षदेखि माथिको उमेरका मानिस ७ देखि ८ घण्टा मात्र सुत्नुपर्दछ ।