नुनको बारेमा थाहा पाउनु नै पर्ने चार कुरा

नुनको बारेमा थाहा पाउनु नै पर्ने चार कुरा

काठमाडौं: नुन हाम्रो खानामा सबैभन्दा महत्वपुर्ण कुरा हो । खानामा नुन कम अथवा बढी भयो भने खानाको स्वाद बिग्रन्छ । खाना खान लायक हुँदैन ।

नुन केवल स्वादका लागि मात्र खानामा प्रयोग हुँदैन । नुन स्वास्थ्यको हिसाबले पनि अत्यधिक महत्वपूर्ण हुन्छ । नुनको कमी अथवा अत्यधिक हुँदा हाम्रो स्वास्थ्यलाई प्रभावित गर्छ । नुनको बारेमा चार थाहा पाउनु पर्ने कुरा ।

खाना माथिबाट नुन छर्कनु

विशेषज्ञका अनुसार पकाएको खाना माथिबाट नुन हालेर सेवन गर्नाले विभिन्न रोगको खतरा बढ्छ । नुन हालेर पकाएको खानाले सजिलै नुनमा भएको आइरन सोस्छ । तर काँचो नुनको सेवनले शरीरलाई विभिन्न समस्या हुन्छ । तीमध्ये एक समस्या ब्लड प्रेसर पनि हो ।

नुनको सेवन कम

अत्यधिक नुन सेवन जसरी स्वास्थ्यका लागि हानिकारक हुन्छ, त्यसरी नै नुनको कम सेवनले पनि स्वास्थ्यमा हानि पुर्याउँछ । विभिन्न सर्वेक्षणले यो कुरालाई प्रमाणित गरेको छ ।

काँचो नुन स्वास्थ्यका लागि हानिकारक

आवश्यकभन्दा बढी मात्रामा नुनको सेवन गर्नाले ब्लड प्रेसर, मोटोपना, अस्थमाजस्ता रोगको खतरा बढ्छ । त्यस्तै काँचो नुन सेवनले मुटु र किड्नीे रोगको खतरामा तिव्रता आउँछ ।

कति मात्रामा नुन सेवन गर्ने ?

स्वास्थ्य विशेषज्ञका अनुसार व्यक्तिले दिनमा केवल दुई सानो चम्चा नुन सेवन गर्नु पर्छ । त्यस्तै जुन मानिसलाई ब्लड प्रेसरको समस्या हुन्छ, त्यस्ता मानिसले दिनभरीमा केवल आधा चम्चा मात्र नुन सेवन गर्नु आवश्यक छ ।