सरकार जनताको घरघरमा पुग्नुपर्छ : डा. शखेर

सरकार जनताको घरघरमा पुग्नुपर्छ : डा. शखेर

मोरङ । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई ‘समर्पण सम्मान–२०८०’बाट सम्मान गरिएको छ । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरले आज यहाँ एक कार्यक्रम आयोजना गरी उहाँलाई उक्त सम्मान प्रदान गरेको हो ।

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले श्रेष्ठलाई प्रमाणपत्र एवं दोसल्ला ओढाई सम्मानित गर्नु भएको छ । कार्यक्रममा डा। कोइरालाले सङ्घीयताको सफल कार्यान्वयनका लागि जनताको घरघरमा सरकार पुग्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा लोकतन्त्र स्थापित गर्न सुशासन एवं पारदर्शिता कायम गरी भ्रष्टाचार, दण्डहिनता अन्त्यका लागि सबै दल लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेता डा कोइरालाले दुई हजार पाँच सय चिकित्सक विदेश पलायन भएका भन्दै यसप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले दक्ष जनशक्ति मुलुकमा बस्ने वातावरण मिलाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सम्मानित पूर्वप्रधान न्यायाधीश श्रेष्ठले सङ्घीयतामा जनतालाई लाभ र उपलब्धिता दिनुपर्ने भन्दै लोकतन्त्रमा नागरिकका समस्याप्रति दल गम्भीर भएर समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले औद्योगीकरण, सञ्चार, शैक्षिक, पूर्वाधार विकास तथा राजनीतिक क्षेत्रमा पिताजी कृष्णप्रसाद कोइरालाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, परिषद्का अध्यक्ष कविराज न्यौपाने, नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य महेश रेग्मी, बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष जीतबहादुर थापामगर, योगेन्द्र अधिकारी र कांग्रेस नगर सभापति दीपक चापगाईंले प्रजातन्त्र स्थापना र समाज परिवर्तनमा पिताजी कोइरालाले पु¥याउनुभएको योगदानबाट आजका युवा पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभएको थियो ।