बिनाशकारी हावाहुरी पछि नेकपाका युवाहरु पुनःनिर्माणमा सक्रिय

बिनाशकारी हावाहुरी पछि नेकपाका युवाहरु पुनःनिर्माणमा सक्रिय

धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडाको डाँडाँ गाउँमा नेकपाका युवा विद्यार्थीहरु पुनःनिर्माणमा जुटेका छन । उक्त हावाहुरी प्रभाबित डाडाँ गाउँमा युवा बिद्यार्थीहरुको समुहले सहयोग गरिरहेको छ । सोमबार बाट १५÷२० जनाको समुह जुगेडाको डाडाँ गाउँमा खटिएको छ ।

अतिबिपन्न गरिब दलित बस्ती मा राज्य को उपस्थिति नहुने हुदाँ आफुहरु पिडितहरुका घर निर्माणमा लागेको कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टले जानकारी दिनु भएको छ । दलित बस्ति भएकाले आर्थिक अभाबमा कतिपय परिवारलाई घर निर्माणमा समस्या भएको हुदाँ आफुहरुको समुहले घर निर्माण गरी बस्ने बाताबरण मिलाईरहेको उहाँले बताउनुभयो ।

उपमहानगरपालिका भन्दा टाढाको बस्ति भएको उक्त बस्तिमा पुरुषहरु जति बैदेशिक रोजगारमा गएका र घरमा महिला मात्र भएका कारण घर निर्माण गर्न नसक्ने हुदाँ युवा बिद्यार्थीहरु मिलेर सहयोग गरिरहेको उहाँले बताउनुभयो । आफुहरुको समुहले एक हप्ता सम्म उक्त बस्तिमा काम गर्ने उहाँले जानकारी दिनु भएको छ । सोमबार बाट सुरु गरेको पुनःनिर्माण कार्य एक हप्ता सम्म जारी रहने छ ।

बिहिबार साझ आएको बिनाशकारी हावाहुरीले कैलाली र कञ्चनपुरमा ठुलो धनजनको क्षति गरेको थियो । कैलालीमा दुई जनाको ज्यान गएको थियो भने सयौँ जना भन्दा बढी घाईते भएका थिए । हावाहुरी बाट हजारौँ घरहरु पुर्णरुपमा क्षति भएका छन । अभियानमा युवा सघका केन्द्रिय सदस्य एवम बिध्यार्थी नेता बिनय शाह, अनेरास्ववियुका कैलाली अध्यक्ष कुमार बडैला किशोर शाह, मनोज राई लगायतका युवा नेताहरूले श्रमदान गरिरहेका छ्न । साथै उक्त अभियानमा युवा नेताहरु जोडिने क्रम जारी रहेको छ । 

जनताहरु हावाहुरी आएको पाँच दिन सम्म पनि भोक भोकै खुल्ला आकाश मुनि बस्न बाध्य छन । कतिपय जनताहरुले अहिले सम्म पनि काहीँ कतैबाट सरकारी राहत नपाएको गुनासो गरिरहेका छन ।