तपाईंको फोनमा पनि स्पाईवेयर त छैन ? यसरी हटाउन सकिन्छ

तपाईंको फोनमा पनि स्पाईवेयर त छैन ?  यसरी हटाउन सकिन्छ

एजेन्सी । इन्टरनेटको दुनियाँमा स्क्यामरहरुले ठाउँ ठाउँमा आफ्नो जालो बिछाइरहेका हुन्छन् । यस्तोमा तपाईं पनि कुनै पनि बेला मैलवेयर वा स्पाईवेयरको शिकार हुन सक्नुहुन्छ ।

तपाईंको फोनमा स्पाईवेयर छ कि छैन केही संकेतहरु देखेर पत्ता लगाउन सक्नुहुन्छ । स्पाईवेयर छ भने फोन ह्यांग हुने, ब्याट्री छिटो सकिने जस्ता समस्या देखिन्छन् ।

फोनमा कुनै अन्जान ऐप देखिएको छ वा तपाईंको डाटा वा फोनको ब्याट्री तीव्र गतिमा सकिरहेको छ भने स्पाईवेयर वा मैलवेयर भएको संकेत हुन सक्छ ।

यसबाहेक फोनको क्यामरा वा माइकको नोटिफिकेशन लाइट प्राय बलिरहेको देखिन सक्छ । यस्तो संकेतले पनि बताउँछ फोनमा मेलवेयर वा स्पाईवेयर हुन सक्छ ।

अब प्रश्न उठ्छ यसलाई कसरी हटाउने रु मैलवेयर वा स्पाईवेयर हटाउनका लागि धेरै तरिका छन् । यसका लागि सबैभन्दा पहिला तपाईंले मैलवेयर स्क्यान रन गर्नुपर्दछ । कयौं त्यस्ता एन्टीभाइरस सुल्झाउने उपाय छन्, जसले तपाईंको काम सित्तैमा गर्न सक्छन् ।

तपाईंले आफ्नो सफ्टवेयर अपटेड गर्नुपर्ने हुन्छ । किनकी नयाँ सफ्टवेयरमा सेक्योरिटीको अप्सन पनि धेरै अपग्रेड भइरहेका हुन्छन् त्यसैले नयाँ अपडेटपछि मैलवेयरको समस्या आफै हटेर जान पनि सक्छ ।

यी सबै तरिका अपनाउँदा पनि काम भएन भने फोनलाई नै रिसेट गर्नुपर्ने हुन्छ । फ्याक्ट्री रिसेट गरेपछि फोनमा भएका सबै डाटा हराउँछन् वा डिलीट हुन्छन् । जसले गर्दा तपाईंको फोनमा भएका त्यस्ता स्क्याम सफ्टवेयर पनि डिलीट हुन्छन् । यसरी पनि भएन भने मर्मत केन्द्रमै जानुपर्ने हुन्छ ।