के तपाईं एक्लोपनमा रमाउनु हुन्छ ?

के तपाईं एक्लोपनमा रमाउनु हुन्छ ?

एजेन्सी । भनिन्छ कहिलेकाँही आफूसँगै समय बिताउन पनि जरुरी हुन्छ । केही व्यक्तिलाई यस्तो गर्नु एकदमै गाह्रो हुन्छ भने कतिपयलाई एक्लै समय बिताउँदा आनन्द प्राप्त हुन्छ ।

एक्लोपनसँग मजा लिने व्यक्तिका केही विशेष बानी व्यवहार हुन्छन् । आउनुहोस् जानौं त्यसबारे ।

यस्तो हुँदैन कि उनीहरु मानिससँग कुरा गर्न मन पराउँदैनन् । बरु यिनीहरुले चुपचाप नरहनका लागि कुरा गर्नु भन्दा केही राम्रो कुरा मात्र गर्न मन पराउँछन् ।

यस्ता व्यक्तिले एक्लै समय बिताउँदा आफूलाई फ्रेस महसुस गर्छन् । एक्लोपनले यिनीहरुलाई रिचार्ज गर्छ । यो स्थिति भनेको अन्तरमुखी स्वभावका व्यक्तिले मन पराउँछन् ।

मनुष्य एउटा सामाजिक प्राणी हो । तर, यस्ता व्यक्तिले मतलव गर्दैनन् कि अरु मानिसले के सोंच्नेछन् भनेर । उनीहरु आफ्नै दुनियाँमा रमाउँछन् ।

एक्लै समय बिताउन सक्ने व्यक्तिले आफ्नो लागि सबै गर्न सक्छ । जसमा भावनात्मक स्वतन्त्रता पनि सामेल छ । भावनात्मक रुपमा आत्मनिर्भर हुनु पनि कठिन परिस्थिति हो ।

यो भनेको जीवन र तनावको स्तरलाई काबु गर्ने क्षमता हो ।