फागुन ४ गते प्रदेशस्तरीय एसपीए टेक फेस्ट ०.१ हुने

फागुन ४ गते प्रदेशस्तरीय एसपीए टेक फेस्ट ०.१ हुने

धनगढी । आगामी फागुन ४ गते एसपीए टेक फेस्ट ०.१ हुने भएको छ । 

एसपीए कलेजको रोबोटिक्स क्लबद्धारा आयोजित प्रतियोगिता सुदूरपश्चिम प्रदेश स्तरीय हुनेछ ।
 
टेक फेस्टमा रोबो रेस, रोबो सकर, रोबो फाइट, विज्ञान प्रदर्शनी, फुडस्टलहरु, नाटक, साइन्स क्विजलगायत संगीत तथा मनोरन्जनात्मक प्रस्तुती हुने हुने एसपीए रोबोटिक्स क्लबका अध्यक्ष जनुल अल जफर सिद्धिकीले बताए । 

रोबो रेसमा कक्षा १२ सम्मका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्न पाउनेछन । उक्त रेसमा प्रथम हुनेले ३ हजार, दोस्रो हुनेले २ हजार तथा तेस्रो हुनेले एक हजार पुरस्कार पाउनेछन् । 

यस्तै रोबो सकरमा स्नातक सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । यसको विजेताले ५ हजार र उपविजेताले दुई हजार पाउनेछन् । एक टिममा तीन जनावटा सम्म रोबार्ट राख्न सकिनेछ । 
रोबो फाइटको विजेताले पनि ५ हजार र उपविजेताले दुई हजार पाउनेछ । 

स्नातक तहसम्मका विद्यार्थीहरुले यसमा प्रतिस्पर्धा गर्न पाउनेछन् । 

विज्ञान प्रदर्शनी र डिजायन च्यालेन्जमा ५ जनाको टोली हुनेछ । जसमा ५ हजार जम्मा पुरस्कार रकम रहेको छ ।

विभिन्न विद्यालयका आगन्तुक शिक्षक शिक्षकका लागि म्युजिकल प्रतियोगिता हुनेछ । जसको विजेताले आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन् । 

एसपीए बीएचएमका विद्यार्थीहरुले फुड स्टलहरु राख्नेछन् । त्यसबाहेक सास्कृतिक नृत्य तथा गायन समेत हुनेछ । 

आर्ट एण्ड क्राफ्ट वर्कसप, सामाजिक चेतनायुक्त नाटक तथा आइटी क्वीज समेत हुने सिद्दिकीले जनाए । क्वीजमा एउटा स्कुलबाट २ जना सहभागि हुन पाउनेछन् । प्रथमले २ हजार र दोस्रो हुनेले एक हजार पुरस्कार पाउनेछ । 

यस्तै बृुद्धिचाल प्रतियोगिता समेत हुनेछ । जसमा प्रथमले २ हजार र दोस्रो हुनेले एक हजार पाउनेछ ।  

एसपीए कलेज प्रांगणमा हुने टेकफेस्टमा माघ २१ गतेसम्म इन्ट्रि गराइसक्नुपर्ने अध्यक्ष सिद्दिकीलले बताए । 

सहभागिता जनाउन चाहाने विद्यालयर्ले  एसपीए रोबोटिक्स क्लब अध्यक्ष जनुल अल जफर सिद्दिकी (९७४६३२५९५९), उपाध्यक्ष विशाल साउँद (९८४०८१५९११)लाई सम्पर्क गर्न सक्नेछन् । 

टेकफेस्टमा सहभागि उत्कृष्ट प्रतिभाहरुको प्रोडेक्ट लन्च गर्न, व्यवसायिक घरानासँग सम्बन्ध स्थापना गतृ तथा लगानी जुटाइदिन एसपीए कलेजले सहयोग गर्ने क्याम्पस प्रमुख योगराज उपाध्यायले जनाए । 

टेकफेस्टमा ५ हजार अवलोकनकर्ताहरुको सहभागिता रहने आयोजकले जनाएको छ । 

टेकफेस्टको मुख्य प्रायोजकमा एसपीए कलेज रहेको छ ।