भजनीमा वेवारिसे एयर गन बरामद

भजनीमा वेवारिसे एयर गन बरामद

धनगढी । कैलालीको भजनी नगरपालिकामा एक थान सानो व्यवारिसे एयर गन प्रहरीले बरामद गरेको छ ।

भजनी नगरपालिका वडा नम्बर २ कटानपुरस्थित वनदेवी सामुदायिक वन भित्र व्यवारिसे अवस्थामा एयर गन फेला पारेको प्रहरीले जनाएको हो।

आइतबार सुदूरपश्चिरम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको (आरआइटी) को टोलीले व्यवारिसे एयर गन फेला पारेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार उक्त एयर गन ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भईरहेको छ।