शान्ति सुरक्षा कायम गर्न प्रहरीको नयाँ जुक्ति

शान्ति सुरक्षा कायम गर्न प्रहरीको नयाँ जुक्ति

अछाम । गाँउवस्तीमा हुने अपराधिक घट्ना, दुर्घटना, अपराध, दैवी प्रकोपमा समयमै पुग्न सजिलो होस भन्ने उद्देश्यले अछामको कमलबजारस्थित ईलाका प्रहरी कार्यालयले हरेक घरमा स्टिकर टाँसेको छ ।

ईलाका प्रहरी कार्यालयले हालसम्म कमलबजार नगरपालिकाका ३ हजार ८९३ स्थानीयका दैलोमा स्टिकर टाँसेको जनाएको छ ।

प्रहरीले अछामको कमलबजार नगरपालिकाका प्रत्येक घरमा स्टिकर टाँसेर प्रहरीले गाउँघरमा हुने घट्ना, दुर्घटना, अपराधीक क्रियाकलाप, दैविप्रकोपका बारेमा समयमै सूचना दिन स्थानीय बासिन्दासंग आग्रह गरेको छ ।

ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले गाँउवस्तीमा हुने अपराधिक घट्ना, दुर्घटना, अपराध, दैवी प्रकोपमा समयमै पुग्न सजिलो होस भन्ने उद्देश्यले प्रत्येक घरमा स्टिकर टाँसिएको बताए ।

समयमा सूचना पाएमा प्रहरी तत्काल घट्नास्थलमा पुग्न सक्छ र अप्रिय घट्ना हुन नदिन प्रहरी समयमै परिचालन हुन सक्छ, प्रहरी निरीक्षक जोहारीले भने, कुनै पनि घट्ना हुदा समयै प्रहरी नपुगेको नागरिकले गुनासो नगरुन । यही उद्देश्यले  ईलाका प्रहरी कार्यालयको टेलिफोन नम्बर सहितको आवश्यक सूचना उल्लेख गरिएको स्टिकर प्रत्येक घरमा टाँसिएको हो ।

नागरिकसंग सहकार्य र संवाद बिना समाजमा शान्ति सुरक्षा कायम गर्न संभव छैन । यो अभियानले एकातिर प्रहरी र नागरिकका बीचमा सौहाद्र्ध सम्बन्ध र विश्वासको वातावरण सृजना गरेको छ, जोहारीले अर्कोतिर अपराधिक मनोबृतिका व्यक्तिहरुलाई निरुत्साहित गरेको छ ।

ईलाका प्रहरी कार्यालय कमलबजारले पुस १८ गतेदेखि स्थानीयको घर÷घरमा प्रहरीको नम्बर भएको स्टिकर टाँस गर्ने अभियान सुरु गरेको थियो।