‘तल्लो पेट’ दुख्नुका धेरै कारण हुन सक्छन्, बेवास्ता नगर्नुस्

‘तल्लो पेट’ दुख्नुका धेरै कारण हुन सक्छन्, बेवास्ता नगर्नुस्

एजेन्सी । महिलाको शरीरको एउटा महत्वपूर्ण अंग गर्भाशयलाई मानिन्छ । धेरैपटक महिलाले यसमा हुने दुखाईलाई बेवास्ता गर्छन् । तर, उनीहरुलाई पछि गएर यसमा समस्या हुन सक्छ । आउनुहोस् गर्भाशयमा हुने दुखाईको कारणबारे जानौं–

कतिपय अवस्थामा महिलाको गर्भाशय सुन्निएको हुन्छ । जसले गर्दा उनीहरुलाई यहाँ दुखाई महसुस हुन्छ । कहिलेकाँही गर्भाशयको वरिपरि सानो सानो गाँठो परिरहेको हुन्छ जसले गर्दा दुखाई महसुस हुने गर्छ ।

महिलाको गर्भाशयमा महिनावारीको कारणले पनि दुखाई हुन सक्छ । कहिलेकाँही महिनावारी हुनु अगाडि नै दुख्ने, मुड स्विंग हुने जस्ता समस्या हुन्छ । त्यस्तै महिनावारीको समयमा अत्यधिक रक्तश्रावले पनि दुखाई महसुस हुन्छ ।

कहिलेकाँही गर्भाशयमा कुनै प्रकारको संक्रमण फैलिएर पनि दुखाई महसुस हुन्छ । यस्तो गम्भीर स्थितिमा गर्भाशय दुख्ने गर्छ । जसलाई बेवास्ता गर्नु हुँदैन ।

खराब जीवनशैलीले गर्दा महिलामा एन्डोमेट्रियोसिसको समस्या एकदमै बढेको छ । जो महिलालाई एन्डोमेट्रियोसिस हुन्छ उनीहरुलाई पनि गर्भाशयमा अत्यधिक दुखाई महसुस हुने गर्छ ।

एन्डोमेट्रियोसिसमा गर्भाशयभित्र बन्ने एन्डोमेट्रियम लाइनिंग जसले भ्रुणलाई इम्प्लान्ट हुन सहयोग गर्छ, त्यो गर्भाशयबाट निस्किएर शरीरका अन्य अंगतिर पुग्छ र सिस्टको रुप लिन्छ ।

कतिपय अवस्थामा गर्भाशयको दुखाई पेटको समस्याले पनि हुन सक्छ । ग्यास, कब्जियत, आदिले पनि गर्भाशयमा दुखाई महसुस हुन्छ । त्यस्तै महिलालाई अल्सरको समस्याले पनि गर्भाशयमा असर पुर्‍याउँछ । जसले गर्दा गर्भाशयमा अत्यधिक दुखाई महसुस हुन्छ ।