यू–१९ विश्वकप क्रिकेट : नेपालले आज न्यूजिल्याण्डको सामना गर्दै

यू–१९ विश्वकप क्रिकेट : नेपालले आज न्यूजिल्याण्डको सामना गर्दै

काठमाडौं ।  आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ। नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डको समाना गर्दैछ। 

नेपाल र न्यूजिल्याण्डको खेल नेपाली समयानुसार आइतबार दिउँसो १:४५ बजे सुरु हुनेछ। 

८ वर्षपछि १९ वर्ष मुनिको विश्वकप खेल्न लागेको नेपाल न्यूजिल्याण्डविरुद्धको अपराजित यात्रालाई कायम गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। यू–१९ विश्वकपमा यसअघि न्यूजिल्याण्डविरुद्ध २ पटक खेलेको नेपालले दुवै खेलमा जित निकालेको छ। नेपालले सन् २००६ मा भएको विश्वकपमा १ विकेटले र सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्यूजिल्याण्डलाई हराएको थियो। 

नेपाल सन् २०१६ पछि विश्वकप खेल्न लागेको हो। सन् २०१६ को विश्वकपमा नेपालले क्वार्टरफाइनल सम्मको यात्रा तय गरे पनि अन्तिम ८ को खेलमा बंगलादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो। 

यो विश्वकपमा भने नेपाल समूह ‘डी’मा छ। यो समूहमा नेपालसहित न्यूजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन्। हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्। 

विश्वकप अगाडि नेपालले ४ वटा अभ्यास खेल खेलेको थियो। नेपालले स्कटल्याण्ड र नामिबियालाई हराएको थियो भने वेस्ट इन्डिजसँगको खेल वर्षाका कारण रद्द भएको थियो।