कैलाली डल्फिनले राजधानीमा जारी ब्रम्हास्मी एसईई कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौं रोयल्सलाई १ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।
टस जितेर ब्याटिङ रोजेको कैलाली डल्फिनले ४ विकेट गुमाउदै निर्धारित २५ ओभरमा १९० रन बनाएको थियो । कैलालीका साहिल पटेल ७१ रन बनाउँदै नटआउट रहे । अस्फाक खानले ३२ रन बनाए । निकेश गुप्ता र अनुप नेपालले समान २÷२ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको काठमाडौंले १८९ रन मात्र जोड्न सक्यो । साहयद मन्सुरीले ६९ रन बनाए पनि हार टार्न सकेन । उत्तम थापाले ३९ रन तथा सुनोज केसीले २४ बनाए । कैलालीका रमेश बुढाले ३ विकेट लिए ।
अर्काे खेलमा दंगाली त्रिशूलले विराटनगरलाई ४ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । १०४ रनको लक्ष्य दंगालीले ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । सृजन गुरुङ ३९ रनमा अविजित रहे । सम्भव श्रेष्ठ २५ तथा सक्रिय कार्की १५ रन बनाए । रोहन भट्टराई र उमंग बस्नेतले समान २–२ विकेट लिए । विराटनगरले २४ ओभर १ ओभरमा १० विकेट गुमाउँदै १०३ रन बनाएको थियो । रोहोन भट्टराई र उमंग बस्नेतले समान १८–१८ रन जोडे।