कञ्चनपुरमा हतियार सहित प्रवेश गरेका एसएसबीद्धारा सीमाङ्कन गर्ने प्रयास

कञ्चनपुरमा हतियार सहित प्रवेश गरेका एसएसबीद्धारा सीमाङ्कन गर्ने प्रयास

कञ्चनपुर । कञ्चनपुरको बेलौरी स्थित नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले दादागिरी शैलीमा हातहतियार सहित आएर सीमाङ्कन गर्ने प्रयास गरेका छन । एसएसबीले आज बिहान जिल्लाको बेलौरी नगरपालिका – १० भुडा स्थित हातहतियार सहित नेपाली भूभागमा सिमाङ्कनको प्रयास गरेका हुन ।

नेपाल तर्फ जानकारी बिना सीमा पिल्लर नम्बर ३३ आसपासको नेपाली भूभागमा हतियार सहित एसएसबीले नेपालको भूमि नापिरहेको अवस्थामा देखेपछि सशस्त्र प्रहरी र स्थानीयले फिर्ता पठाएका थिए ।

सशस्त्र प्रहरीका अनुसार एसएसबीले हराएको सीमा पिल्लर खोजिरहेको बताएका थिए । तर यसबारे सशस्त्र प्रहरीलाई खबर थिएन ।

जिल्लाको दक्षिणी क्षेत्रमा बिगत देखि सीमा बिवादको समस्या छ । २०७६ तिर भारतीय तर्फबाट जारी भएको स्ट्रप नक्साले नेपाल तर्फको करिब १ हजार बिघा बढी जमिन, हुलाकी सडक, प्रयटकीय स्थल प्याराताल भारतमा देखाएको थियो । यसै निहुमा भारतले बारम्बार दुःख दिने गरेको छ ।