लगानी सम्मेलनलाई रमाइलो मेला नबनाउँः स्वतन्त्र सांसद जोशी

लगानी सम्मेलनलाई रमाइलो मेला नबनाउँः स्वतन्त्र सांसद जोशी

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा स्वतन्त्र नेता तारा जोशीले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई वर्षौ वर्ष एउटै घर शिलन्यास गरेजस्तैको संज्ञा दिएका छन् ।

आज बसेको प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै नेता जोशीले एक दुई शब्द थपेर पहिलो लगानी सम्मेलन भन्नु उपयूक्त नभएको बताएका हुन् ।

‘यसभन्दा अघि पनि लगानी सम्मेलन भएको छ । पहिलो भन्दा त दोस्रो भनेको भएपनि हुने नी । उहाँहरुले पनि शुरुवात गनर््ुभएको छ’ उनले भने  ‘केन्द्र सरकारले बैशाखमा लगानी सम्मेलन गर्दैछौं । केन्द्र सरकारले एउटा लगानी सम्मेलन गर्दै गर्दा हामीले प्रदेशमा पनि प्रदेशमा अर्को लगानी सम्मेलन गर्न आवश्यक थियो । उहासंग कुनै कुराकानी भएको छैन् ।’

उनले दुई वटा लगानी सम्मेलनले के परिणाम ल्याउने भन्दै प्रश्न गरे । उनले बजारमा लगानी नभएर विकास सम्भव नरहेको बताए । ‘कुनै अध्ययन नगरि लगानी सम्मेलन गर्न लागिएको हो भने यो रमाइलो मेला हुन्छ’ उनले भने ।

उनले सरकारले हप्ता असुल्ने गरेको गुनासो आइरहेको बताए । ‘कर्मचारीमाथि अपहेलना नगरि काम गर्नुहोस्’ उनले भने ।

उनले अधिवेशन स्कारपियो सेसन भनेर नचिनाउन सरकारसंग अनुरोध गरे ।

अर्को बैठक माघ ९ गते बस्ने भएकाले सो दिनसम्मका लागि बैठक स्थगित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।