हाम्रा प्रश्नको जवाफ सरकारले कहिले दिन्छः राप्रपा नेतृ विष्ट

हाम्रा प्रश्नको जवाफ सरकारले कहिले दिन्छः राप्रपा नेतृ विष्ट

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा प्रदेश सभा सदस्य खेमादेवी विष्टले सदनमा उठेका प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताइन् ।

आजदेखि शुरु भएको अधिवेशनको विशेष समयमा बोल्दै उनले आफुहरुले सदनमा उठाएका प्रश्नको जवाफ नपाउने गरेको उनको भनाई छ ।

‘यो सदनमा हामीले थुप्रै प्रश्न उठाएका छौं । विपद, विकास लगायतका विषयमा सांसदहरुले सदनमा प्रश्न गरेका छन्’ उनले भनिन –‘तर, सरकारले जवाफ दिँदैन । हामीले उठाएका प्रश्नको जवाफ कहिले पाउँछौं ? सरकारले हाम्रा कुरा नसुन्नुको कारण के हो ? हामीले उठाएका प्रश्नको जवाफ दिनुपर्दैन ?’

उनले सांसदहरु सदनमा तालि पिट्न मात्र नआएको बताइन् ।

उनले जाजरकोट भुकम्पमा रकम सहयोग गरेको सुदूरपश्चिम प्रदेश सरकारले आफनै प्रदेशका जनतामा ध्यान नदिएको बताइन् । उनले भनिन –‘बझाङ, बाजुरा, डोटी, दार्चुला लगायतका जिल्लामा भुकम्पले असर गरेको छ । तर, अहिलेसम्म त्यहाँका जनतालाई राहत दिन सरकारले सकेको छैन् ।’