ऐन नियम बनाउनमा प्रदेश सरकारले ध्यान दिएनः नेकपा एमाले नेता रावल

ऐन नियम बनाउनमा प्रदेश सरकारले ध्यान दिएनः नेकपा एमाले नेता रावल

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले सुदूरपश्चिम प्रदेश सरकारले ऐन नियम बनाउनमा ध्यान दिन नसकेको बताएका छन् ।

आज बसेको प्रदेश सभाको हिउदे अधिवेशनको विशेष समयमा बोल्दै नेता रावलले दुई अधिवेशन सम्पन्न भइसक्दा समेत प्रदेश सरकारले कानुन निर्माण गर्न नसकेको बताएका हुन् ।

‘दुई वटा सदन सम्पन्न भइ अहिले तेस्रो अधिवेशन शुरु भएको छ’ उनले भने –‘तर, यस अवधिमा दुई वटा कानुनमात्र बनेको छ । सरकार जनतालाई आवश्यक पर्ने ऐन नियम निर्माणमा गम्भिर हुन सकेको छैन् ।’

नेता रावलले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सबैको सहभागिता जरुरी रहेको बताए ।

‘समग्र प्रदेशको विकासका लागि आयोजना हुन लागेको लगानी सम्मेलन गर्न राम्रो काम हो’ उनले भने –‘हामी पनि जनताबाट निर्वाचित प्रतिनिधि हौं । लगानी सम्मेलनमा सबै प्रदेश सभा सदस्य, उद्योगी, व्यापारी, विज्ञहरु लगायत सबै क्षेत्रको सहभागिता, जानकारी हुनु जरुरी रहेको छ ।’

उनले लगानी सम्मेलनका नाममा कार्यकर्ता पाल्ने काम भइरहेको बताउँदै –‘लगानी सम्मेलन भर्ती केन्द्र बनेको छ । सरकारका राम्रा कामलाई हामी समर्थन गर्छौ तर, नराम्रा कामको आलोचना गर्छौ । अहिले सरकार प्रदेश सभा सदस्यहरुदेखि भागि रहेका छन तर, कुन कारणले हो थाहा छैन् ।’