सहमति र सम्झौतामा सरकार इमान्दार बन्नुपर्छः नेता खगराज भट्ट

सहमति र सम्झौतामा सरकार इमान्दार बन्नुपर्छः नेता खगराज भट्ट

धनगढी । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले सरकारले विगतमा गरेका सहमति र सम्झौता इमान्दारीपूर्वक लागु गर्नुपर्ने बताएका छन् ।

आज बसेको हिउदे अधिवेशनको विशेष समयमा बोल्दै नेता भट्टले दलहरुसंग सरकारले गरेको सहमति र सम्झौता इमान्दारीपूर्वक लागु गर्नुपर्ने बताएका हुन् ।

उनले लोकतन्त्रबादीले निरंकुशताविरुद्ध लडेको स्मरण गर्दै ‘यो व्यवस्थामा अहिले राज्यको चरित्रमाथि प्रश्न खडा भइरहेको छ । हिजोकै जसरी अहिले सरकार चल्यो’ उनले भने ‘विकासको लागि सरकारले नयाँ कार्ययोजनाको जगमा अघि बढ्न जरुरी छ ।’

उनले सदन जनपक्षिय मार्गमा प्रस्तुत हुनुपर्ने बताए ।

‘हामीमात्र यस्तो प्रदेशमा छौं । जसको राजधानीको टुङ्गो लाग्न सकेको छैन्’ उनले भने ‘यो अधिवेशनका बिचमा सहमतिको बाटोमा यसको टुङ्गो लगाउनुपर्छ ।’