जनतामा दलहरुप्रति असन्तुष्टी बढाउने काम भइरहेको छ: नेपाली काँग्रेस नेता धामी

जनतामा दलहरुप्रति असन्तुष्टी बढाउने काम भइरहेको छ: नेपाली काँग्रेस नेता  धामी

सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस नेता  विक्रमसिंह धामीले जनतामा दलहरुप्रति असन्तुष्टी बढाउने काम भइरहेको बताएका छन् ।

राष्ट्रबादका नाममा केही व्यक्तिहरुले दलहरुप्रति असन्तु्ष्टी बढाउने काम भइरहेकोले संसदको विशेष अधिवेशन आह्वान गर्नुपर्ने बताएका हुन् ।

‘अहिले चिया पसल तथा चौकहरुमा दलहरुलाई गाली गर्ने काम भइरहेको छ । एक समुह राष्ट्रबादका नाममा दलहरुप्रति असन्तुष्टि बढाउने काम भइरहेको छ’ उनले भने –‘शेरबहादुर, प्रचण्ड, माधव नेपाल, केपी शर्मा ओली लगायतले यो व्यवस्था ल्याउनमात्र नभइ देशका लागि थुप्रै राम्रा काम गरेका छन् ।’ 

उनले सदनमा हिउँदे र वर्षेमात्र नभई विशेष अधिवेशन आह्वान गरि यस विषयमा गम्भिर छलफल हुनुपर्ने बताए । उनले भने ‘कर्मचारीतन्त्र नेताहरुभन्दा ठुलो हुँदा सरकारलाई समस्यामा पारिरहेको छ । यहाँ बन्ने कानुन, नीति, कार्यविधि, मापदण्ड लगायतमा कर्मचारी हाबी भएका छन् ।’

उनले पार्टीमा रहेका केही कार्यकर्ताका कारण पनि शिर्ष नेताहरुलाई नराम्रा बनाउने प्रयास भइरहेको बताए ।