आजदेखि सुरु हुँदै सुदूरपश्चिम सरकारको हिउँदे अधिवेशन

आजदेखि सुरु हुँदै सुदूरपश्चिम सरकारको हिउँदे अधिवेशन

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको रूष्टता सरकारप्रति बढ्दै गएपछि प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुने भएको छ ।

पुस अन्तिममा बसेको मन्त्रीपरिषदको बैठकले आजदेखि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुख देवराज जोशी समक्ष सिफारिस गरे अनुसार आजदेखि हिउदे अधिवेशन शुरु हुने भएको हो ।

हिउँदे अधिवेशनको पहिलो दिन प्रदेश सभामा कुनै ऐन दर्ता नभएको हुँदा प्रदेश प्रमुखले पठाएको पत्र पढ्ने र शुभकामना मन्तव्य व्यक्त गरिने छ ।

प्रदेश सरकारका प्रवक्ता शिवराज भट्टले प्रदेश सभा बैठकको पहिलो दिन प्रदेश सभाले कार्यसूचि तयार पारेको बताए । उनले सचिवालयले यस वर्ष कार्यान्वयन हुन नसकेका कानुन तथा थुप्रै नयाँ विजनेश पाउने बताए ।