सुदूरपश्चिम प्रदेश सभाको बैठक भोली, छैन विजनेश

सुदूरपश्चिम प्रदेश सभाको बैठक भोली, छैन विजनेश

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको रूष्टता सरकारप्रति बढ्दै गएपछि प्रदेश सभा बैठक भोलि बस्दै छ ।

पुस अन्तिममा बसेको मन्त्रीपरिषदको बैठकले भोली प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुख देवराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुखद्धारा २ गते जारी पत्रमा भोलि दिउसो २ बजे बैठक बस्दै छ । प्रदेश सभामा कुनै ऐन दर्ता नभएको हुँदा प्रदेश प्रमुखले पठाएको पत्र पढ्ने र शुभकामना मन्तव्य व्यक्त गरिने छ ।

प्रदेश सभालाई चलायमान बनाउन आज बसेको मन्त्रीपरिषदको बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धि एन सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सचिवालयका अनुसार विस्तृत निर्णय आउन सकेको छैन् ।

चार विषयगत समितिमा गठबन्धन सन्तुष्ट रहेकोमा उद्धारो सहमति गरेको नेकपा माओवादीले विषयगत समितिको सभापतिबारे छलफलमा जाने वा नजानेबारे गठबन्धन सशंकित छ ।