कैलालीमा दश किलो सालकसहित दुई जना पक्राउ

कैलालीमा दश किलो सालकसहित दुई जना पक्राउ

धनगढी । कैलालीको बर्दगोरिया वडा नम्बर ६ मा सालकसहित दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको साधा पोसाक टोलीले आज बिशेष सूचनाका आधारमा सालक सहित दुई जना पक्राउ गरेको जनाएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा प्रेम चौधरी र पर्शुराम चौधरी रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुबाट अन्दाजी १० किजो सालक बरामद भएको प्रहरी नायब निरीक्षक सुशील चन्दले बताए ।

मुडाबाट उनीहरुलाई मोटरसाइकल सहित पक्राउ गरिएको उनको भनाई छ ।

दुबै जनालाई प्रहरीले इलाका प्रहरी कार्यालय पठाई थप अनुसन्धान अघि बढाएको छ ।