सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज प्रमोद खरेलको प्रस्तुती रहने

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज प्रमोद खरेलको प्रस्तुती रहने

धनगढी । अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुती रहने भएको छ । खरेलका उस्ले जती माया तिमीलाई, म विना मुस्किल छ कसै कसैलाई पोखरामा, यो कुरा गोप्य नै राखौला लगायतका गीतहरु चर्चित छन् ।

त्यस्तै आज डेउडा गायक दिपेन्द्र दाहाल,अनुस्का भण्डारी, शेर कैनी र निर्मला भण्डारीको प्रस्तुती पनि रहने आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका बताएका छन् ।

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।

माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।