बिहान ब्रस गर्ने समयमा गर्नु हुँदैन यस्ता गल्ती

बिहान ब्रस गर्ने समयमा गर्नु हुँदैन यस्ता गल्ती

एजेन्सी । बिहान उठेर मानिस सबैभन्दा पहिलो ब्रस गर्दछन् । यो हाम्रो दाँतको स्वास्थ्यका लागि एकदमै राम्रो काम हो ।

तर कहिलेकाँही हामी त्यस्ता साना गल्ती गर्छौं जसले हाम्रो ओरल हेल्थलाई नोक्सान पनि पुर्‍याउन सक्छ । आउनुहोस् जानौं–

बिहानको समयमा प्रायः हामी छिटो छिटो ब्रस गर्ने गर्छौं । कहिलेकाँही हामीले पूरा एक मिनेट पनि ब्रस गर्दैनौं । यसले गर्दा हाम्रा दाँत राम्रोसँग सफा हुँदैनन् ।

ब्रस गर्ने समयमा हामीले धेरैपटक यो बिर्सने गर्छौं ब्रस कति पुरानो भएको छ । त्यसैले हाम्रो मुख तथा दाँतको स्वास्थ्यका लागि पनि कम्तीमा तीन महिनामा ब्रस परिवर्तन गर्नुपर्दछ ।

ब्रस गर्ने तरिकामा पनि परिवर्तन जरुरी हुन्छ । एउटै प्रकारले दाँत घोटिरहँदा दातको अन्य भागहरुको फोहोर नजान सक्छ । त्यसैले चारैतिर भित्र बाहिर गरेर दाँतलाई घोट्नुपर्छ ।ब्रस गर्नका लागि अर्को मुख्य कुरा हो सही टुथपेस्ट वा मञ्जनको प्रयोग गर्नु । हामीले स्वास्थ्यलाई खराब नगर्ने खालको मञ्जन छनोट गर्नुपर्दछ ।

कतिपयले दाँत माझ्ने क्रममा एकदमै धेरै जोड लगाउने गर्छन् । त्यो पनि एकदमै गलत हो । यसले दाँत तथा गिँजा खराब हुन सक्छ । त्यसैले दबाब सही राख्न पनि जरुरी हुन्छ ।

ब्रस गर्नका लागि पनि एकदमै कडा वा एकदमै नरम ब्रसको प्रयोग पनि गर्नु हुँदैन । एकदमै बीचको खालको ब्रसको प्रयोग गर्नुपर्दछ । जो एकदमै कडा नहोस् वा धेरै नै नरमले पनि दाँत सफा गर्दैन ।