नवजीवन अस्पताल धनगढीद्धारा आइसियु सेवा सञ्चालन

नवजीवन अस्पताल धनगढीद्धारा आइसियु सेवा सञ्चालन

धनगढी : धनगढीको नवजीवन अस्पताल प्रालीले आजदेखि सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले एक समारोह बिच आज आइसियु कक्षको उदघाटन गरे ।

झण्डै दुई करोडको लागतमा अस्पतालले भेन्टिलेटर सहित ६ वेडको आइसियु सेवा सञ्चालनमा ल्याइएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष एज्ञराज ढुंगानाले बताए ।

आइसियु अभावमा भारत लगायतका अन्य ठाउ जानु पर्ने बाध्यताको अनत्य गर्न आइसियु संचालमा ल्याइएको ढुंगानाले बताए । आइसियुको वेड चार्ज प्रतिदिन चार हजार रुपैंया र भेन्टीलेटर चार्ज प्रतिदिन ३ हजार रुपैंया तोकएिको छ ।