कांग्रेसले अवराेध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

कांग्रेसले अवराेध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठीसम्बन्धी विधेयकको विरोधमा आइतबार माइतीघर मण्डलामा भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेपको भर्त्सना गर्दै त्यस घटनाबारे गृहमन्त्रीको जवाफ माग गरको थियो ।

गृहमन्त्रीले जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नसक्ने भन्दै कांग्रेस सांसदले उभिएर विरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । त्यसपछि सचिवालयले २८ गते बिहान ११ बजे अर्को बैठक बस्ने गरी सूचना टाँसेर बैठक स्थगित भएको जनाएको हो । सूचनामा विशेष कारणले बैठक बस्न नसकेको जनाइएको छ ।

सूचनामा भनिएको छ, 'आज मिति २०७६ साल जेठ २७ गते सोमबार १५ मिनेटपछि बस्ने गरि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले  प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्मानीय सभामुखज्यूले अर्को बैठक २०७६ साल जेठ २८ गते मंगलबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'