शिखर धवनको सफलता सूत्र यस्तो छ

शिखर धवनको सफलता सूत्र यस्तो छ

भारतीय राष्ट्रिय क्रिकेट टोलीका ओपनर शिखर धवन पछिल्लो समय उत्कृष्ट फर्ममा रहेका छन् । यसरी सफल बन्नुमा मुल कारण उनले परिवर्तित स्वभाव भएको बताएका छन् । मांशहारी रहेका धवन शाकाहारी बनेसँग उनको प्रदर्शनमा थप सुधार आएको उनको दाबी छ ।   शाकाहारी भएसँगै खेलको क्रममा आफ्नो मानसिकता नै परिवर्तन भएको बताउने गरेका छन्  ।

पछिल्लो इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका उनले आज भएको अष्ट्रेलिया विरुद्धको खेलमा शतक नै प्रहार गरेका छन् । उनको पछिल्लो सफलताको सुत्र शाकाहारी हुनु भएको उनको भनाइ रहेको छ । 

उनले आफु शाकाहारी बनेयता आफ्नो दिमागी संरचना परिवर्तन भएको र खेलमा आक्रामक रुपमा प्रस्तुत हुन यसले सघाएको बताउँछन् ।

केहि समयअघि म्यानचेष्टर युनाइटेडका स्टार फुटबलर क्रिश स्माइलीङले पनि शाकाहारी बनेपछि आफ्नो खेलमा सुधार भएको बताएका थिए ।

सामान्यतया खेलकुदमा लागेकाहरुलाई पर्याप्त प्रोटिनको जरुरी हुने भएकाले खेलाडीहरुको खानामा माछा, मासु र अण्डा जस्ता अत्यन्त्यै प्रोटिन पाइने मांशहारी खानाको बाहुल्यता हुने गर्दछ ।

सन्तुलित रुपमा खाइने यि खानाबाट खेलाडीले शक्ति पाइ बलियो प्रदर्शन गर्न मद्दत पुग्ने गरेको बताइन्छ ।

पछिल्लो समय भने यो अवस्था विस्तारै परिवर्तन हुँदै गएको छ । हरेक सिजनमा जस्तोसुकै खानेकुरा पाइने तथा शाकाहारी खानामा पनि शरिरलाई आवश्यक प्रोटिन पाइने कुराको चेतना बढेसँगै मांशहारी प्रवृत्ति त्याग्दै शाकाहारी बन्ने प्रचलन बढ्दो छ ।

यहि प्रचलनको क्रमिक रुप शिखर धवनमा देखिएको छ । खेलाडीलाई शक्ति मात्र नभइ मानसिक रुपमा पनि तन्दुरुस्त रहनु पर्ने भएकोले मांशहारी प्रवृत्ति सहायक नहुने कुरा विस्तारै बाहिरिदै छ ।