भलिबल प्रतियोगितामा सुदूरपश्चिम र लुम्बिनी विजयी

भलिबल प्रतियोगितामा सुदूरपश्चिम र लुम्बिनी विजयी

धनगढी । सुर्खेतमा जारी ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।
आज भएको प्रतियोगितामा कर्णाली प्रदेशलाई हराउदै सुदूरपश्चिम विजयी भएको हो ।

सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३–१ को सेटले हराएको थियो ।

यस्तै सुदूरपश्चिम प्रदेशसंगै लुम्बिनी प्रदेश पनि विजयी भएको छ । लुम्बिनीले कोशी प्रदेशलाई ३–१ को सेटले हरायो ।

समूह ‘ए’ को खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटले हराउँदै एक खेलअघि नै अन्तिम ४ मा स्थान बनाएको हो । यो जितसँगै एपीएफले ३ खेलमा ९ अङ्क जोडेको छ । पुलिसको ३ खेलमा ६ अङ्क छ ।

समूह ‘बी’ को खेलमा गण्डकी प्रदेशलाई हराउँदै आर्मी एक खेलअघि नै अन्तिम ४ मा पुग्यो । आर्मीले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो । यो जितसँगै आर्मीले ३ खेलमा ९ अङ्क जोडेको ५ । गण्डकीको ३ खेलमा ६ अङ्क छ ।

नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल आउँदो बिहीवार हुनेछ ।