यू-१९ क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अघि चार खेल खेल्दै

यू-१९ क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अघि चार खेल खेल्दै

काठमाडौं । नेपालको यु-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिका पुगेको छ। जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यु–१९ विश्वकप क्रिकेटमा सहभागी हुन देव खनालको नेतृत्वमा नेपाली टिम शनिबार दक्षिण अफ्रिका पुगेको हो।

नेपाली टिमले विश्वकप अघि दक्षिण अफ्रिकामा चार वटा खेल खेल्दैछ। विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले नामिबिया र स्कटल्याण्डसँग प्रशिक्षण खेल खेल्दैछ। यसलाई विश्वकप तयारीको रुपमा हेरिएको छ। नेपालले नामिबियासँग मंगलबार र स्कटल्यान्डसँग बिहीबार खेल्नेछ।

त्यसैगरी नेपालले पुस २८ गते स्कटल्याण्ड र माघ २ गते वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्दैछ। यसको व्यवस्थापन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले गरेको क्यानले जनाएको छ।

नेपाल यू-१९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।

नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो।

नेपाल यू-१९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।

समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्। समूहका शीर्ष दुई देश विश्वकपको सुपर आठमा पुग्नेछन् ।

जगत टमटा प्रशिक्षक र देव खनाल कप्तान रहेको नेपाली टिममा राष्ट्रिय टिमबाट गुल्सन झालेसमेत विश्वकप खेल्दैछन्।