हिमशिखर सहकारी संस्था १६ औं वर्षमा प्रवेश

हिमशिखर सहकारी संस्था १६ औं वर्षमा प्रवेश

धनगढी । हिमशिखर बहुद्देश्यीय सहकारी संस्था १६ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा सहकारीले शनिबार धनगढीमा १५ औं बार्षिक साधारणसभाको आयोजना गरेको छ । शनिबार आयोजित बार्षिक साधारणसभामा सुदूरपश्चिम प्रदेशका सहकारी रजिष्टार टीकाराम थापाले सहकारीले सबैको आशा र भरोशा अनुसार काम गर्नुपर्ने बताए ।

उनले सहकारीका सम्पूर्ण शेयरधनी र बचतकर्ताको रकम सही ठाउँमा परिचालित गरेर काम गर्नुपर्ने बताए ।  उनले सहकारीको बार्षिक साधारणसभाले शेयर सदस्यहरुलाई सञ्चालक समितिले बर्षभरी गरेका कामका बारेमा जानकारी दिने र आगामी योजनाका बारेमा थपघट गर्नाका लागि बाटो तय गर्नु साधारणसभा महत्वपूर्ण भएको बताए ।

सञ्चालक समितिलाई मार्गदर्शन दिन र पारदर्शी औचित्य प्रभावकारी सुझावको पनि महत्वपूर्ण रहेको रजिष्टार थापाले बताए । सहकारीको शेयर पुँजी ३ करोड ५० लाख ९० हजार एक सय र बचत निक्षेप रु। ३९ करोड ६३ लाख ९३ हजार सात रहेको छ भने ऋण लागानी तथा असुली रु। ५५ करोड ७१ लाख ५१ हजार १३८ छ ।

संस्थाको कुल आम्दानी रु। १० करोड ५० लाख ११ हजार ७३४ पुगेको संसथाका प्रबन्धक महेन्द्र शाहीले बताए । सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा सहकारीका उपाध्यक्ष रोशन सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव विमल जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

विभिन्न व्यक्तिहरु सम्मानित

हिमशिखर सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभामा सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनले गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख भोजबहादुर बमलाई सम्मानित गरेको छ । उत्कृष्ट बचत कर्ता, ऋणी तथा सहकारीका कर्मचारीलाई सो साधारणसभामा सम्मानित गरिएको छ ।