धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

धनगढी । धनगढीबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट ५ ग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१३ का १८ वर्षीय किशोर बिहीवार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले किशोरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।