आईसीसी यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

आईसीसी यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। 

दक्षिण अफ्रिकामा यसै महिना हुने प्रतियोगितका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा तिव्र गतिका बलर हेमन्त धामी परेका छैनन् । उनको स्थानमा दुर्गेश गुप्ताले मौका पाएका छन् । धामी पुस १७ गते सिनियर टिमसँग खेलिएको अभ्यास खेल क्रममा घाइते भएका थिए ।


नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।