गौरीफन्टा नाकाबाट भित्रिएका थप एक जनामा कोरोना संक्रमण पुष्टि संक्रमित को संख्या १० पुग्यो

गौरीफन्टा नाकाबाट भित्रिएका थप एक जनामा कोरोना संक्रमण पुष्टि संक्रमित को संख्या १० पुग्यो

धनगढी। आज (बिहीवार) थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीवार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर एक सय जना, बैतडीको झुलाघाट नाकाभएर ७, कैलालीको गौरीफन्टा नाकाभएर १४३ र दार्चुलाको पुलघाट नाकाभएर ६ जना सुदुरपश्चिम भित्रिएका छन्।

सुदुरपश्चिममा विभिन्न नाकाभएर आज भित्रिएका कुल २५६ जनामा ३१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार प्रदेशभित्र यो सँगै कोरोना संक्रमित हुनेको सङ्ख्या १० पुगेको छ।