हतकडीसहित फरार भएका थुनुवा पक्राउ

हतकडीसहित फरार भएका थुनुवा पक्राउ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार अदालत थुनछेक बहसका लागि लगेका बेला हतकडीसहित भागेका ३२ वर्षीय कमल खडकालाई प्रहरीले बिहीबार बिहान जडिबुटीबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । 

बुधबार बिहान १० बजेतिर ठी मुद्दामा पक्राउ परेका खड्कालाई थुनछेक बहसका लागि प्रहरी वृत्त महाराजगन्जको टोलीले काठमाडौं जिल्ला अदालत लगेको थियो । त्यही बेला उनी अदालत परिसरबाटै हतकडीसहित भागेका हुन् ।

प्रहरी वृत्त महाराजगन्ज र जिल्ला प्रहरी परिसर टेकुबाट खटिएको टोलीले बिहीबार बिहान जडिबुटीस्थित न्यु दोलखाली गेस्ट हाउसबाट खड्कालाई नियन्त्रणमा लिएको हो ।