धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

धनगढी । धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१ भवानी टोलबाट १ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँका ५० वर्षीय माधव भट्ट पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भट्टको घर अगाडी रहेको खोका भित्र चेकजाँच गर्दा लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।