कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका-९ खक्ररौलाबाट १ ग्राम ४७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित टीकापुर-२ का १७ वर्षीय एक किशोर पक्राउ परेका हुन्।

उनले प्रयोग गरेको मोटरसाईकलको हेल्मेटभित्र लुकाई राखेको लागूऔषध फेला पारी मोटरसाईकल र किशोरलाई सोमवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।