धनगढीमा सिस्नो क्याफे

धनगढीमा सिस्नो क्याफे

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा रहेको सिस्नो क्याफे सञ्चालनमा आएको छ ।

 क्याफेको होटल व्यवसायी संघ कैलाली अध्यक्ष केशवराज पाण्डेले रिवन काटेर समुदघाटन गरेका हुन् ।

सो अवसरमा अध्यक्ष पाण्डेले धनगढीमा होटल क्षेत्रमा लगानी बढ्दै गएको बताए । उनले स्थानीय परिकारसहितको सेवा होटलहरुले प्रवाह गर्नुपर्ने बताए । उनले भने –‘होटलमा लगानी गर्दा आन्तरिक पर्यटक र बाह्य पर्यटकलाई सहज हुन्छ ।’

३० लाखको लगानीमा सञ्चालनमा ल्याइएको क्याफेमा लोकल कुखुराको झोल, मासु, सिस्नोका परिकारका साथै अन्य खानाका परिकारहरु क्याफेमा पाइने सञ्चालक हरि रेग्मीले बताए । उनले भने –‘क्याविनसहित क्याम्प फायरको व्यवस्था छ ।’