एनएसएल फाइनलः ललितपुरविरुद्ध धनगढीले बनायो अग्रता

एनएसएल फाइनलः ललितपुरविरुद्ध धनगढीले बनायो अग्रता

धनगढी । नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा ललितपुर सिटी एफसीविरुद्ध धनगढी एफसीले अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफमा सकिदा ललितपुरविरुद्ध धनगढी १–० ले अघि छ। 

खेलको ३८ औं मिनेटमा ललितपुरविरुद्ध धनगढीले सुरुआती अग्रता बनायो। आदित्य चौधरीको लामो प्रहार अहमद हिजाजीले नियन्त्रणमा लिदै गरेको प्रहार ललितपुरका गोलरक्षक जेफ्री विली मार्सेलले नियन्त्रणमा लिन नसकेको बललाई अफिज ओलावालेले पोष्टको दिशा दिए। 

३५ औं मिनेटमा दिनेश हेन्जनको फ्रिकीक सेकेण्डबारको नजिकबाट बाहिरिदा ललितपुरले अग्रता बनाउने मौका गुमायो।

१७ औं मिनेटमा ललितपुरका आदित्य शाक्यको क्रसमा पापाको प्रहार गोलरक्षक मोहम्मद ताहाले क्लीयर गरे त्यसकै रिबाउण्डमा इमोले बललाई पोष्टको जाली चुमाएपनि रेफ्रिीले त्यसअघि नै फाउल दिइसकेका थिए। 

१६ औं मिनेटमा धनगढीका अहमद हिजाजीले अघि बढाएको बललाई पेनाल्टी एरियाबाट ललितपुरका डिफेन्डरले क्लीयर गरे। 

१३ औं मिनेटमा कमल श्रेष्ठको कर्नर सिधै ललितपुरका गोलरक्षक जेफ्रि विली मार्सेलको हातमा पुग्यो। 

साविक उपविजेता धनगढी पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ। यता पहिलो पटक फाइनल पुगेको ललितपुर पहिलो प्रयासमा नै उपाधि जित्ने योजनामा छ।