बस दुर्घटनामा धनगढीकी एक खेलाडीको मृत्यु, ११ घाइते

बस दुर्घटनामा धनगढीकी एक खेलाडीको मृत्यु, ११ घाइते

धनगढी। बस दुर्घटनामा धनगढी जुगेडाकी एक उसु खेलाडीको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन्।

हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा सहभागी भएर धनगढी फर्किने क्रममा धनगढी १२ जुगेडाकी १८ वर्षीया निता खड्काको मृत्यु भएको जनाइएको हो। 

कपिलवस्तुको चन्द्रौटाबाट करीव १५ किमी पश्चिम स्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरु चढेको सुप यातायात सुप यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो ।ट्रकको ठक्करबाट घाईते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो।

जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै उसु खेलाडी पुष्पा कुवँरको हात भाँचिएको छ। मकवानपुर जिल्ला उसु सङ्घ हेटौडाका सचिव विश्वनाथ पाठकले धनगढीबाट गएको ट्रक र संघै पछाडिबाट आइरहेको ट्रकले ओभरटेक गर्दा विपरीत दिशाबाट आइरहेको बस दुर्घटनामा परेको बताए।

साथै मकवानपुर जिल्ला उसु सङ्घ हेटौडाका सचिव विश्वनाथ पाठकले सो घटनाप्रति दुख व्यक्त गरेका छन्।  यस्तै कैलाली जिल्ला खेलकुद बिकास समितीका उसु खेदकुद सहायक प्रशिक्षक रतन खातीले सांधुरोबाटो भएकाले ओभरटेक गर्दा बस दुर्घटनामा परेको बताए। बस पल्टीदा बिद्यार्थी खसेकाले च्यापिएर मृत्यु भएको उनले बताए । बसमा उखु खेलाडी ३४ जना र अन्य ८ जना सवार रहेका थिए।  हेटौडामा सम्पन्न अन्तर प्रदेश उसु प्रतियोगितामा खड्काले स्वर्ण पदक जितेकी थिइन् । खड्काको मृत्युको खवरपछि परिवारका सदस्य बुटवल गएका छन् । उनको शव लुम्बिनी अस्पतालको शव गृहमा राखिएको छ ।

यस्तै दुर्घटनामा मृत्यु भएकी खेलाडीप्रति दुःख व्यक्त गर्दै सुुदूरपश्चिम खेलकुद परिषदले घाइते परिवारको उपचारका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने माग गरेको छ ।

परिषदका सदस्य सचिव दीपक सिंहद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको उपचारको लागि आवश्यक सहयोग गरिदिन हुन सुदूरपश्चिम प्रदेश सरकारसँग विशेष अनुरोध गर्न चाहन्छु ।’