नेपाल सुपर लिग : फाइनल पुग्न पोखरा र ललितपुर खेल्ने

नेपाल सुपर लिग : फाइनल पुग्न पोखरा र ललितपुर खेल्ने

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)  फुटबलमा आज फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै पहिलो पटक फाइनल प्रवेश गर्ने योजनामा छन् ।

पोखरा पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएको थियो भने ललितपुरले इलिमिनेटरमा काठमाडौँलाई हराउँदै फाइनल प्रवेशको सम्भावना सुरक्षित बनाएको थियो ।

यो खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।

एनएसएलको यो संस्करणको विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ ।