वैदेशिक रोजगारमा महिलालाई बढी चुनौती

वैदेशिक रोजगारमा महिलालाई बढी चुनौती

धनगढी । वैदेशिक रोजगारीमा जाँदा महिलालाई बढी चुनौती रहेको उनीहरुले बताएका छन् । 

वैदेशिक रोजगार सम्बन्धी महिलाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । 

नेपालबाट पछिल्ला दिनहरूमा दैनिक हजारौँ संख्यामा महिला पनि विदेश पलायन भइरहेका छन् । तर, त्यहाँ गएपछि भने जस्तो रोजगारी नपाएर उनीहरुले दुख खेप्नु परेको छ । भाषाको अभाव र कुनै सिप नभएपछि उनीहरू बढी समस्यामा पर्ने गरेका छन् ।

धनगढी- १४ का सञ्जीता थापामगरले विदेशमा काम गरेर अहिले स्वदेशमै चप्पल उत्पादनको काम सुरु गरेको बताइन् । तर, पर्याप्त लगानी नहुँदा भने समस्या खेप्नु परेको उनले बताइन् । केही रकम सहयोग पाएको भए पनि त्यो पर्याप्त नभएको उनको भनाई छ । उनले विदेश गएर दुःख खानु भन्दा श्रम सिकेर आफ्नै देशमा केही गर्नुपर्ने बताउँदै यसमा स्थानीय तहले पनि साथ र सहयोग गर्नुपर्ने बताइन् । सुरुमा बाध्यताले विदेश गएकी उनले अव भने यतै गर्न चाहनेलाई सरकारले हेर्नुपर्ने बताइन् । उनले अरूका देशमा सके सम्म नजान आग्रह गर्दै विदेशबाट फर्किएकालाई त्यो सिप यतै सदुपयोग गर्न आग्रह गरिन् ।

धनगढीका लक्ष्मी आचार्यको पनि घरको समस्या देखेर सुरुमा विदेश गएको सुनाइन । तर, सोचेको जस्तो त्यहाँ पैसा कमाउन सहज नरहेको उनले बताइन्  । 

घरको आर्थिक समस्याले गर्दा उर्नी भाषा समेत नसिकेर कुवेत पुगिन् । तर, त्यहाँ पुगेपछि उनले भाषा नबुझ्दा एक वर्ष सम्म साङ्केतिक भाषामा कुरा गर्नुपरेको सुनाउँछिन् । 

भनेको भन्दा बढी समय काम गर्नुपर्ने बाध्यता सँगै मानसिक समस्या पनि झेल्नुपरेको उनले बताइन् । 
‘विदेशमा सोचेको जस्तो छैन । महिलाहरूका लागि झन् धेरै गारो छ ।,’ भाषा र काम नसिकेर जानेहरूका लागि त्यहाँ धेरै समस्या हुन्छ ।  हिंसा धेरै हुन्छ । त्यसैले विदेश जानु भन्दा पहिला कुन देश जाने, के कामका लागि जाने,भाषा सिकेको छ कि छैन यो सबै कुरा बुझेर मात्र जानु पर्छ ’ उनी भन्छिन् ।

श्रम विभागको तथ्याङ्क अनुसार नेपालमा अहिले वैदेशिक रोजगारमा जानेहरूको कुल तथ्याङ्कको १७.८ प्रतिशत हिस्सा महिलाको छ । २०७८ सालको जनगणना अनुसार २१ लाख ८० हजार ५ सय ८२ जना विदेशमा रहेका छन्  जस मध्य १७ लाख ८८ हजार ६ सय ७५ पुरुष      (८२.२प्रतिशत) रहेका छ भने तिन लाख ८० हजार ८ सय १७ जना महिला रहेका छन् । 
आर्थिक वर्ष २०७९/८० मात्र सात लाख  ७१ हजार ३ सय २७ जना महिला वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका छन् । जबकि आर्थिक वर्ष २०७७/७८मा ६ लाख ३० हजार ८ सय ७८ महिला बिदेसिएका थिए । 
राष्ट्रिय जनगणना २०६८ का अनुसार परिवारले दिएको सूचनालाई आधार मान्दा मध्य पूर्वका आप्रवासी मध्य ६।७ प्रतिशत महिला मध्यपुर्विय देशहरूमा आप्रवासी कामदारको रूपमा रहेको देखाएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख हरि ज्ञवाली विदेशमा जाने महिला तथा पुरुषले आफू जाने देश र त्यहाँ गर्ने कामको विषयमा जानकारी लिएर मात्रैुजानुपर्ने बताए ।  

श्रम स्वीकृत गरेर, भाषा सिकेर गएकालाई सहज भए पनि भाष नसिकेर अवैध बाटो भएर जानेलाई समस्या हुने गरेको उनले बताए ।  उनले विदेश जाँदा वा जान लाग्दा कतै हिंसा भयो भने वा ठगिए तुरुन्त कानुनी कारबाही समेत आग्रह गरेका छन् । कुनै पनि देशमा जाँदा त्यहाँको कानुन भाषा सबै बुझेर मात्रै जानुपर्नेमा उनले जोड दिए । 
कार्यक्रममा सहभागी युवाहरूले आफूलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न स्थानीय सरकारले नीति तथा कार्यक्रममा आफूहरूका मुद्दा समावेश गर्न माग गरेका थिए । 

धनगढीमा मंगलबार तरंगिनी फाउन्डेसनको आयोजनामा भएको कार्यक्रमको सहजीकरण पत्रकार उन्नती चौधरीले गरेकी हुन् । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिको  सहभागिता रहेको थियो ।